Rule 59
दूर शिक्षा सञ्चालन गर्न सक्ने
(१) कुनै संस्थाले दूर शिक्षा सञ्चालन गर्न चाहेमा स्वीकृतिको लागि शैक्षिक जनशक्ति विकास केन्द्र मार्फत दूर शिक्षा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा दूर शिक्षा समितिले सो निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा निवेदकलाई दूर शिक्षा सञ्चालन गर्न स्वीकृति दिन मनासिब देखिएमा आवश्यक शर्त तोकी स्वीकृति दिन सक्नेछ ।
(३) कुनै संस्थाले उपनियम (२) बमोजिम तोकिएको शर्त अनुरुप दूर शिक्षा सञ्चालन नगरेमा दूर शिक्षा समितिले त्यस्तो संस्थालाई दिएको स्वीकृति कुनै पनि बखत रद्द गर्न सक्नेछ ।
(४) कुनै विद्यालयले दूर शिक्षा सञ्चालन गर्न चाहेमा दूर शिक्षा समितिबाट स्वीकृति लिनु पर्नेछ ।